logo
२०८१ बैशाख १३ बिहीवार



विद्यालय तहको नयाँ पाठ्यक्रम सार्वजनिक गर्न आग्रह

शिक्षा |


विद्यालय तहको नयाँ पाठ्यक्रम सार्वजनिक गर्न आग्रह


गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १० गते । विद्यालयतहको नयाँ पाठ्यक्रम कार्यान्वयनमा आउन तीन महिनाबाँकी रहँदा न पाठ्यक्रम सार्वजनिक गरिएको छ नत पाठ्यपुस्तक नै तयार भएको छ ।
सरकारले आगामी वैशाखबाट विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गर्दैछ । पहिलो वर्ष कक्षा १ र ११ माकार्यान्वयन तथा कक्षा ६ मा परीक्षण गर्ने सरकारको योजना छ । आगामीपाँचवर्षभित्रकक्षा १ देखि १२ सम्मनयाँ पाठ्यक्रमकार्यान्वयनमाआइसक्ने छन ।
विद्यालय व्यवस्थापक समाज नेपालले आयोजना गरेको गोष्ठीमा काठमाडौँका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पाठ्यक्रम सार्वजनिक नगरिएकोमा आपत्तिजनाउनुभएको थियो । उहाँहरूले नयाँ पाठ्यक्रम कार्यान्वयन अघि गम्भीर तयारी गर्नुपर्नेमा सो नगरिएको र यसले विद्यार्थीको सिकाइमा समस्या पर्नेतर्फ सचेत गराउनुभयो ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले आन्तरिकरूपमा तयारी भइरहेको बताउँदै पुस मसान्तसम्ममा कक्षा १–३, कक्षा ४–८ र कक्षा ११ को नयाँ पाठ्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?