logo
२०८१ बैशाख १३ बिहीवार



मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति आवश्यक : प्रधानमन्त्री

शिक्षा |
मुख्य समाचार |


मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति आवश्यक : प्रधानमन्त्री


गोरखापत्र अनलाइन
काठमाडंै पुस ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शैक्षिक संस्थाले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नेमा आफू आशावादी रहेको वताउनुभएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौतामा सहभागि हुनुभएका प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नु पर्ने वताउनुभएको हो ।
‘राजनीतिक संक्रमणकाल पार गरे पछि नेपाल विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौं भन्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय सहितको समानता, विकास र सुशासन संकल्प भएको बताउनु भएको थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘समृद्ध नेपाल सुखीको राष्ट्रिय आकांक्षा पूरा गर्न तपाईंहरूले सक्षम जनशक्ति तयार गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ प्रधानमन्त्री ओलीले शिक्षालाई समुदायमा पु¥याउन र सक्षम जनशक्ति तयार गर्न सहायता परियोजना थालनीले मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्झौतामा शिक्षालाई समुदायमा पु¥याउन विभिन्न क्षेत्रहरूमा विकासका पूर्वाधारह निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो । ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौं विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठबीच बुधवार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?