logo
२०८० चैत्र १५ बिहीवार



छोराद्वारा आमाको हत्या

समाज |


छोराद्वारा आमाको हत्या


अर्जुन काफ्ले स्याङ्जा 
मंङसिर २७ गते । चापाकोट नगरपालिका–७ बनकट्टामा आफ्नै छोराले बृद्ध आमाको घाटी अठ्याएर हत्या गरेका छन् ।

७४ बर्षिय आमा बालकुमारी तिवारीको मृत्यु भई दाह संस्कार गरी काज किरिया चल्दै गर्दा, मृतकलाई छोरा ४७ बर्षिय नारायण तिवारीले हत्या गरेको खुलेको हो । आफ्नै घरको आगनमा घाटी अठ्याई कर्तब्य गरी मारेको खुल्न आई किटानी जाहेरी प्राप्त भएको पछि तिवारीलाई पक्राउ गरी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ ।

मंङसिर १२ गते हत्या भएकोमा जाहेरीको आधारमा २४ गते पक्राउ गरी अनुसन्धान पश्चात सार्वजनिक गरेको र थप अनुसन्धान भैरहेको प्रहरी नीरिक्षक हेमराज घिमिरेले बताउनुभयो । आमाले आफैले लगाएको कपडा तथा घरको पिढीमै दिसापिसाव गरेको कारणले रिस थाम्न नसकी आवेसमा आई घाँटी आठ्याई मारेको प्रतिवादी तिवारीले स्वीकार गरेको घिमिरले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?