logo
२०८० चैत्र १५ बिहीवार



कालिकोटमा हिमपात किसान खुसी

खुला |
प्रदेश |


कालिकोटमा हिमपात किसान खुसी


प्रेमराज सिम्खडा
कालिकोट, मङ्सिर २७ गते । साउनयता बर्षाद नभएर समस्यामा परेका कालिकोटका किसानहरु शुक्रबारबाट भने निक्कै खुसी देखिनु भएको छ । त्यसको प्रमुख कारण भनेको शुक्रबार बिहानैदेखि बर्षा र दिउँसोको हिमपात हो । हिउँदेबाली लगाउनका लागि सिचाँई नभएका क्षेत्रका कृषक आकाशमा हेरेर बस्ने बाँध्यता रहेको थियो ।

यो वर्ष गहु छर्न पाईदैन की भनेर चिन्तामा रहेका किसानहरु यतीबेला गँहु छर्ने तयारीमा समेत जुट्न थाल्नु भएको छ । बर्षाद हुन थालेसँगै पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका लगायतका जिल्लाका अधिकांश क्षेत्रका कृषकहरुले राहतको महसुस गर्नुभएको छ ।

‘बर्षाद रोकिन थालेपछि अब गँहु पलाँता गाउँपालिका–७ का रमेशवहादुर बमले वताउनुभयो । यो बर्ष मंङसिर महिनानै खेती लगाउन पाएमा खेती निक्कै राम्रो हुने विश्वासमा त्यहाँका नागरिकहरु सकृय बनेर खेतीमा लाग्ने बताउनुहुन्छ । गाउँ बाहिर रहनु भएका स्थानीयहरु समेत गाउँमा आएर खेतीको काममा लाग्ने सो गाउँका स्थानीयहरु बताउनुहुन्छ ।
हिमपातले विद्यालय बन्द
कालिकोट जिल्लामा हिमपात भएको छ । बिहीबार रातीवाट परेको पानीका कारणले कालिकोटका अधिकांश बस्तीमा हिउँ परेको छ । हिमपातका कारण तिलगुफा नगरपालिका, महाँवै गाउँपालिकाका नागरिकहरु प्रभावित भएका छन् । हिमपातका कारणले चिसो वढेपछि तिलागुफा नगरपालिका भित्रका स्वास्थ्य संस्था वाहेक अरु सबै सेवा बन्द भएका छन् ।

फोईमहादेव स्वास्थ्य चौकी आपसपासका क्षेत्र हिउँले ढाकेको छ । हिउँ परेपछि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्र वन्द गर्न नहुने भएकाले आफुहरु पहिले जस्तै आज पनि समयमा अफिसमा आएको फोईमहादेव स्वास्थ्य चौकीमा कार्यरत अनमी कल्पना शाहीले वताउनुभयो् । उहाँले चिसो भएपनि हिउँमा रमाउन पाउदा खासै चिसोको कुनै महसुस नभएको वताउनुभयो् । अनमी कल्पनाले आफ्नो काम नागरिकहरुको स्वास्थ्य जोगाउँनमा केन्द्रीत भएकाले पनि हिमपात र चिसोले स्वास्थ्य संस्था वन्द नहुने भएकाले समयमै स्वास्थ्य सँस्थामा पुगेको वताउनुभयो् ।

तिलागुफा नगरका अन्य निकाय बिद्यालय, स्थानीय सरकारका वडा कार्यालयहरु भने वन्द भएका छन् । चिसोमा खासै स्थानीय सरकारवाट सेवा लिन नआउने भएकाले पनि वन्द गरिएको वडा नं १ का अध्यक्ष दलसुर कटुवालले वताउनुभयो । कात्तिक लागेसंगै कक्षा कोठा भन्दा बाहिर खुल्ला चौरमा पठनपाठन सुरु गरेका तिलागुफा नगरपालिका भित्रका बिद्यालयले हिमपातले गर्दा बन्द भएका छन् ।

हिमपातले गर्दा चिसो निक्कै बढेको छ । चिसोका कारणले जनजिवन प्रभावित भएको छ । कालिकोटका रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका क्षेत्रका माथिल्लो भाग र सान्नीत्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, शुभकालिका गाउँपालिका पलाँता र पचालझरना गाउँपालिका भित्रका वस्ती पनि हिउँले सेतामे भएका छन् । हिमपात सदरमुकामा मान्म पनि भएको छ । तर मान्ममा धेरै जमेको भने छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?