logo
२०८० चैत्र १६ शुक्रवार



अभिभावक विहीन र विपन्न बालबालिकालाई गाउँपालिकाकै होस्टल

शिक्षा |


अभिभावक विहीन र विपन्न बालबालिकालाई गाउँपालिकाकै होस्टल


नेत्र शाही

खलङ्गा, मङ्सिर २४ गते । यहाँको हिमा गाउँपालिकाले अभिभावक विहीन र विपन्न बालबालिकाहरुका लागि निःशुल्क शिक्षा सहितको आवासीय विद्यालय शुरुवात गरेको छ ।

हिमा गाउँपालिकाले २०७४ सालको निति तथा कार्यक्रममा शुरु गरिएको उक्त विद्यालय अहिले पालिकाकै नमूनाको विद्यालयको रुपमा हिमा गाँउपालिका–६ मा सञ्चालन गरिएको छ । स्थानीय तहको लगानीमा शुरु गरिएको विद्यालयमा अहिले आमा अथवा बुबा गुमाएका विभिन्न ५२ जना बालबालिकाहरु सो विद्यालयमा आवासीय सुविधाका रुपमा अध्ययन गरिरहेका हिमा आवासीय प्रधानाध्यापक विर्खबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३० जना छात्र र २० जना छात्रा अध्ययन गरिरहेका छन् । कक्षा ३ सम्म सञ्चालन भएको विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरुका लागि भने अहिले स्थानीय सरकार अभिभावक बनेको छ । गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले द्धन्द्धमा तथा बिभिन्न कारण ज्यान गएका जेहान्दार बालबालिकाहरु र विपन्न बालबालिकाहरुका लागि स्थानीय सरकारले भिन्नै आवासीय विद्यालय स्थापना गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाले बिद्यालयमा राजनैतिक दल, पत्रकाहरु र स्थानीयको भेला गरेर आवासीय विद्यालय पहुँच नभएका वालवालिकाहरुका लागि शिक्षा दिने थलो सुरुवात गरिएको बताउनुभयो । उहाँले नेपालको संविधानले सबै बालबालिकाहरु शिक्षाको पहुँचमा हुनुपर्ने भनिएपनि बिपन्न र जेहेन्दारका वालवालिका लागि गाउँपालिका अभिभावक हुनुपर्ने भएकाले आवासीय विद्यालय शुरु गरिएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले जनयुद्धमा ज्यान गुमाएका शहिद परिवार तथा विभिन्न कारणले ज्यान गुमाएका बालबालिकाहरुका लागि उच्च शिक्षा सम्म अध्ययन गराउने थलोको रुपमा आवासीय बिद्यालय भएको भन्दै केन्द्र सरकार प्रदेश सरकार र सरोकारवाला निकायहरुको सहयोगका लागि अपिल गर्नुभयो ।

नेकपा जिल्ला पार्टी अध्यक्ष विरबहादुर कुंवरलाई स्थानीय अमरजंग शाहीले खाना पनि नपुग्ने, कापी कलम नभई विद्यालय शिक्षाबाट बञ्चित वालवालिकाहरुका लागि आवासीय विद्यालय जिल्लाकै कोषे ढुंगा हुने बताउनुभयो ।

गाउँपालिकाले अहिले यो बर्ष रु २० लाख रकम विद्यालयका आगि विनियोजन गरेको र प्रत्यक्ष अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतकै निगरानीमा सो विद्यालय सञ्चालन भईरहेको गाउँपालिका अध्यक्ष शाहीले थप्नुभयो । अहिले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा रु २५ लाख भवनका लागि बजेट बिनियोजन भएको सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ ।

यसैगरी वालवालिकाहरु पनि निकै खुशी छन् । आफु विद्यालयमा जान नसकि रहेको अवस्थामा गाउँपालिको शिक्षा दिने देखी सवै व्यवस्था गरेकोमा आवासीय विद्यालयमा अध्यनरत बालिका रमिला भण्डारीले खुशी व्यक्त गर्नुभयो । द्धन्द्धमा ज्यान गुमाएका बुवा रत्नलाल अधिकारी नभएपछि अभिभावक विहीन भएकी रमिलाले पढ्ना पाएको खुशी सँगै आशु पनि झार्नुभयो । बुवाको सक्झना गर्दै उनले आज मेरो बुवा विद्यालय भएको बताउनुभयो । हिमा गाउँपालिका ६ निवासी निशा शाही र सृजना शाही दिदी वहिनी हुन आमा वुवा नै नभएका उनिहरु अहिले विद्यालयमा अध्ययन गरिरहेका प्रधानाध्यापक विर्खबहादुर शाहीले थप्नुभयो ।

आवासीय विद्यालय जिल्लाकै नमूना विद्यालय बनाउन प्रयास गरिएपनि भौतिक संरचाना अभावले समस्या भएको छ । विद्यार्थीहरु अहिले भुईमा सुतिरहेका छन् । मुख्यमन्त्री रोजगार कार्यक्रम समेत यसैमा सहयोग हुने गरि पहल गर्ने नेकपा जिल्ला अध्यक्ष कुंवरले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?