logo
२०८१ बैशाख ८ शनिवार



देश विकासमा सामुदायिक विद्यालयको महत्वपूर्ण भूमिका : मन्त्री बाँस्कोटा

शिक्षा |
राष्ट्रिय |


देश विकासमा सामुदायिक विद्यालयको महत्वपूर्ण भूमिका : मन्त्री बाँस्कोटा


मधुसुधन तिमल्सिना
काभे्र, मङ्सिर २० गते । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षालाई आयआर्जनसँग जोड्न सक्नुपर्नेमा जोड्दिनुभएको छ । उहाँले सार्वजनिक शिक्षाको महत्व बढाउँदै गएकाले शिक्षालाई सर्वसुलका साथै आयआर्जनमा जोड्नु पर्नेमा जोडदिनुभयो ।
जिल्लाको कोसीपारि स्थित भुम्लु गाउँपालिकाको सिम्थली स्थित अरुणोदय माध्यमिक बिद्यालयको नवनिर्मित १८ कोठे भवनको हस्तान्तरण तथा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँदै लैजाने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले कितावमा लेखिएको मात्रै नभई बाहिरी ज्ञान, सामाजिक ज्ञान र प्रयोगात्मक ज्ञानको शिक्षा प्रदान गर्न सुझाव दिनु भयो । सरकारले हरेक क्षेत्रको विकासलाई गुणस्तरीय बनाउँदै लगेको बताउँदै मन्त्री बास्कोटाले शिक्षामा भौतिक पूर्वाधारसँगै नयाँ शिक्षा नीति मार्फत ब्यवहारीक र विद्यार्थीहरुले अध्ययनसँगै आयआर्जन गर्न सक्ने खालको शिक्षा उपलब्ध गराउने गरी सरकारले निर्णय गरेको बताउनु भयो । समुदायले हरेक विकासलाई संरक्षण गर्नु पर्ने बताउँदै मन्त्री बास्कोटाले विकासलाई सदुपयोग र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिनुभयो ।
निजी क्षेत्रको शिक्षामा आर्कषण बढेको सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दा निजी क्षेत्रको भन्दा धेरै भौतिक पूर्वाधार लगायतको ब्यवस्था भएकाले विद्यार्थीहरुको रोजाई बन्ने गरी कार्य गर्न शिक्षक र अभिभावकहरुलाई अनुरोध गर्नुभयो । मुलुकको विकासमा सामुदायिक विद्यालयको महत्वपूर्ण भूमिका भएकाले सामुदायिक विद्यालय प्रतिको गुणस्तर आर्कषण बढाउनु पर्नेमा मन्त्री बास्कोटाले जोड दिनु भयो । भुम्लु गाउँपालिकाको सिम्थलीको अरुणोदय र चौबासमा रहेको सेतीदेवी माविको उद्घाटनसँगै मन्त्री बास्कोटाले असल नीति र असल कार्यान्वयन प्राथमिकतामा रहेको बताउनु भयो । श्रमिक शक्तिको सम्मान गर्दै जहाँ नागरिक त्यहाँ विकास भन्ने अभियानलाई तिब्र बनाईएको मन्त्री बास्कोटाले बताउनु भयो । नागरिकहरुलाई विकासमा गुणस्तर कायम गरी समयमै सम्पन्न गर्ने निर्देशन दिदै मन्त्री बास्कोटाले मुलुकमा उत्पादन केन्द्र बनाउने गरी कार्य अगाडी बढाईएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले मुलुकले तयार गर्ने नीति महत्वपूर्ण भएकाले त्यहि नीति अनुसार विकास कार्य अगाडि बढाउनु पर्ने बताउनु भयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले शिक्षा महत्वपूर्ण भएकाले त्यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि जोड दिएको बताउनुभयो । २०७७ चैत्र भित्र जिल्लाका सबै विद्यालयहरुको पुर्ननिर्माणका लागि द्रुत गतिमा निर्माण कार्य भईरहेको बताउनु भयो । भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बिद्यालयको पूर्वधार निर्माणसँगै अव गुणस्तरीयतामा ध्यान दिन सक्नुपर्नेमा जोड्दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?