logo
२०८१ बैशाख ७ शुक्रवार



आयोग पास भयाे, अपाङ् मैत्री भवन नहुँदा हाजिर गराएनन्

  अपाङ्ता भएका शिक्षकको पीडा 

शिक्षा |


आयोग पास भयाे,  अपाङ् मैत्री भवन नहुँदा हाजिर गराएनन्


शालिग्राम नेपाल ।
चितवन, मङसिर १८ गते । शिक्षक सेवा आयोगबाट पास भए पनि विद्यालयले हाजिर गर्न नदिँदा भरतपुरका दुर्गा बोम्जन अहिले पीडामा हुनुहुन्छ ।

शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा नाम लिकालेर उहालाई भरतपुरको चितवन माध्यमिक विद्यालयमा काम गर्न पठायो । भरतपुर महानगरपालिकाको शैक्षिक महाशाखाले चितवन माविमा अपाङगता शिक्षकको दरवन्दी भएपछि त्यही पठाएको थियो । तर विद्यालयले अनेक बहाना बनाएर हाजिर गर्न दिएको छैन ।

शिक्षक दुर्गा बोम्जन भन्नु हुन्छ ‘शिक्षा समन्वय इकाइ चितवनले नियुक्ती पत्र दियो, भरतपुर महानगरले चितवन माविमा पठायो तर हाजिर गर्न पाएको छैन ।’ मङसिर १ गते हाजिर गर्ने गरी उहाले नियुक्ती पाउनु भएको थियो । ‘पत्र लिएर विद्यालय गएको थिए, त्यहा मलाइ हाजिर गर्न दिइएन’ उहाले भन्नुभयो ‘कार्यालय र कक्षा कोठा माथिल्लो तलामा भएको भन्दै हाजिर गर्न नदिएको हो ।’

ह्वील चियरमा हिडडुल गर्ने बोम्जोन हाजिर गर्न नपाएपछि कार्यालय समयभरी भरतपुर महानगरपालिकाको शैक्षिक महाशाखामा बसेर घर जानु हुन्छ । ‘आज १८ दिन भयो, हाजिर गर्न दिएको छैन त्यसैले महाशाखाको चौरमा आएर बसेको छु ’ उहाले भन्नुभयो ।
अपाङगमैत्री भवन नहुदा आफूलाई माथिल्लो तलामा जान कठिन हुने उहाले बताउनुभयो । चितवनका विद्यालयको माथिल्लो तलामा जानको लागि अपाङमैत्री भवन बनेका छैनन् ।

चितवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन लामिछानेले भन्नुभयो ‘हाम्रो नीति हाजिर नगराउने होइन, उहाँलाई काम गर्नको लागि कठिन हुने भएकाले विकल्प खोज्दैछौ ।’ यस भन्दा अन्य विद्यालयमा काम गर्न सजिलो हुन्छकी भन्ने खोजीमा छौ भएन भने कुनै बिकल्प खोज्ने छौ लामिछानेले भन्नुभयो ।

कार्यालय माथिल्लो तलामा, प्रावि तहका विद्यार्थी पढ्ने पनि माथिल्लो तलामा भएको कारण उहालाई आउन जान समस्या छ त्यसैले उपाय खोजी गर्दैछौ लामिछानेले भन्नु भयो । एक हप्ता भित्र समाधान खोज्ने गरी तयारी भएको उहाले भन्नुभयो ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट स्नातक उत्र्तीण गर्नु भएका बोम्जन चितवन माविको क्वाटरमा बस्दै आउनु भएको छ । त्यही विद्यालयमा कार्यालय सहायकमा काम गर्दै आउनु भएकी सानुमाया गोलेको छोरा बोम्जन आफूलाई अपाङता भएर विभेद गरेको बताउनु हुन्छ । २०३१ सालमा जन्मनु भएका उहाँ ९ वर्षको उमेरमा पोलियोबाट बिरामी हुनु भएको थियो । ५ वर्ष अगाडिबाट हिडडुल गर्न नसक्ने भएपछि ह्वील चियरमा वसेर दैनिकी गर्नू हुन्छ । चितवन माध्यमिक विद्यालयमा सुस्तमनस्थिति, अपाङग विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?