logo
२०८० चैत्र १६ शुक्रवार



देशको भविष्य उज्ज्वल छ, निराश नहुनुहोस् : प्रधानमन्त्री

शिक्षा |
मुख्य समाचार |


देशको भविष्य उज्ज्वल छ, निराश नहुनुहोस् : प्रधानमन्त्री


मधु्सुधन तिमल्सिना
चौकोट (काभ्रे, मङ्सिर ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भविष्य उज्ज्वल रहेकाले निराश नहुन आमनागरिकलाई अपील गर्नुभएको छ । पनौती नगरपालिका चौकोटमा रहेको काठमाडौं विश्वविद्यालयको पच्चीसौं दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै मुलुक विकासको नयाँ चरणमा गएकाले उत्साहका साथ लाग्नुहोस् भन्नुभयो ।
आज दीक्षित हुनुहुने भाईबहिनी उत्साहित हुनुहुन्छ, अभिभावक उत्साहित हुनुहुन्छ, सरकार नै उत्साहित छ, यो उत्साहलाई मुुलुक निर्माणमा लगाउन सक्नुपर्छ । प्रधानमन्त्रीले थप्नुभयो­ किन भने देशको भविष्य उज्ज्वल छ । उहाँले मुलुक सफल हुनका लागि इमान्दारिता र आत्माविश्वास चाहिन्छ भन्नुभयो । जुन सुकै काम गर्न पनि हामीमा इमान्दारिता र आत्माविश्वास भयो भने सफल हुन सकिन्छ । त्यसतर्फ तपाईहरुले ध्यान दिन जरुरी छ ।
उहाँले मुलुक आर्थिक रुपमा केही समय पछाडि परेको भएपनि अब पछाडि नपर्ने बताउनुभयो । उहाँले शिक्षाका कारण पनि मुलुक पछाडि परेको बताउनुहँदै शिक्षाको विस्तारसँगै मुलुक पनि आर्थिक रुपमा सम्पन्न हुने छ भन्नुभयो ।
दुई चरणमा हुने दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ जनाले उपाधि प्राप्त गर्नेछन् । ति मध्ये एमसीएच÷डिएम, एमडी, एमएस, एमएस्सी र एमडीएसका १४८ जना विद्यार्थी दीक्षित हुनेछन् भने एमबीवीएसका एक हजार ९८ जना दीक्षित हुनेछन् । बीडीएसका २१८, बीएस्सी ईन नर्सिङ्गका ११६ र बीपीटीका २४ जनालाई दीक्षित गरिदैछ । विश्वविद्यालयले दशकदेखि दुई चरणमा दीक्षान्त समारोह आयोजना गर्दै आएको छ । विश्वविद्यालयले पहिलो पटक मेडिकल विद्याको माथिल्लो तहको एमसीएच÷डीएम उपाधी ६ जनालाई प्रदान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?