logo
२०८१ बैशाख १३ बिहीवार



मतदाता शिक्षा सुरु

राष्ट्रिय |


मतदाता शिक्षा सुरु


सर्लाही, मङ्सिर ५ गते । आउँदो १४ गते हुने उपचुनावका लागि बिहिवारदेखि सर्लाहीसहित देशभर मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ ।

उपचुनाव हुने ठाउँका हरेक वडामा दुई जनाका दरले मतदाता शिक्षा कार्यकर्ता खटाइएको र उनीहरु आजदेखि मतदाता शिक्षा सम्वन्धी सामाग्रीसहित मतदाताको घरदैलोमै पुग्ने निर्वाचन आयोगले जनाएको छ । सर्लाहीमा उपचुनाव हुन लागेको हरिपूर्वा नगरपालिका–१, मा पनि दुई जना मतदाता शिक्षा कार्यकर्ता खटिएका छन् । उनीहरुले मतदान केन्द्र, मतदान गर्ने तरिका, मत सदर र बदर हुने अवस्था लगायतबारे जानकारी दिने जिल्ला निर्वाचन कार्यालय मलङ्गवाका निमित्त प्रमुख रुद्रबहादुर सुस्लिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहिवारदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ । उपचुनाव आउन नौ दिन मात्रै बाँकी रहेकाले हरिपूर्वा नगरपालिका–१, स्थित वडा कार्यालयमै रहेको दुई मतदान केन्द्रमा सुरक्षा सतर्कता बढाइएको छ । मुुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार निर्वाचन आयोगको कार्यतालिका अनुसार उपचुनावको तयारी भइरहेको छ ।

हरिपूर्वा नगरपालिका–१, को वडाध्यक्षका लागि दुई स्वतन्त्रसहित सात जनाको उम्मेदवारी परेको छ । ती सबै उम्मेदवार अहिले आ–आफ्नो पक्षमा मत माग्दै घरदैलोमा ब्यस्त रहेका छन् । हरिपूर्वा–१, मा एक हजार ३५६ जना मतदाता रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?