logo
२०८१ बैशाख ७ शुक्रवार



स्रोत कक्षामा - भौतिक पूर्वाधार र खानेपानी अभाव

शिक्षा |


स्रोत कक्षामा - भौतिक पूर्वाधार र खानेपानी अभाव


नेत्र शाही
खलंगा, कात्तिक २८ गते । यहाँको वौद्धिक अपाङ्गता भएका वालवालिका अध्ययनरत जनता माध्यामिक विद्यालयमा दुई कोठामा ९६ विद्यार्थी सुत्न वाध्य भएका छन् । भवन अभावमा वौद्धिक अपाङगता भएका विद्यार्थीहरुलाई राख्न कठिन भएको विद्यालयले जनाएको छ ।
विद्यालयका निमित्त प्रधानाध्यापक जितेन्द्र महतले वालवालिकाहरु ९६ जना भएको तर कक्षाकोठा र पानीको अभाव भएकाले समस्या भएको बताउनुभयो ।

उहाँले विद्यार्थी राख्नैपर्ने तर बजेट अभावमा भौतिक संरचना बन्न नसकेको गुनासो गर्नुभयो । स्रोत शिक्षक उर्मिला महतले स्रोत कक्षाको भिन्नै खाता भएमा सजिलो हुने थप्नुभयो । वर्षेनी विद्याथी भर्ना गर्नुपर्छ तर भौतिक पूर्वाधार नभएकाले समस्या थपिएको निमित्त प्रअ महतले गुनासो गर्नुभयो ।

जिल्लामा संचालित स्रोत कक्षाको अवस्थाको बारेमा गरिएको अन्तरक्रियामा जिल्लाका तीन वटा स्रोत कक्षाहरु भैरव माध्यमिक विद्यालय नराकोट, कर्णाली मावि, अनामनगर र जनता माध्यमिक विद्यालय, महतगाउँका शिक्षक, वालवालिकाहरु, अपांगता भएका व्यक्तिहरु र पत्रकारबीचमा शैक्षिक सवालमा छलफल भएको हो ।

भैरव मावि नराकोटका शिक्षक दत्तबहादुर बुढाले स्रोत कक्षामा पानी नभएका कारण ठूलो समस्या भएको गुनासो गर्नुभयो । उहाँले पानी नहुँदा दृष्टिविहीन वालवालिकाहरु शौचालय गर्न जंगल जाने गरेको बताउनुभयो ।

त्यहाँ संचालित ज्ञान नेपालको सहयोगमा संचालित छात्रावासमा जान बाटो नभएका कारण समस्या भएको स्थानीय अपांगता अधिकारकर्मी कृष्ण चौलागार्इंले जानकारी दिनुभयो । वालवालिकाहरुले खानामा हरियो साग र मासु खान पाउनुपर्ने सुझाव दिइएको छ ।
अपाङ्गता भएका वालवालिकाहरु अध्ययनरत वालवालिकाहरुको स्रोत कक्षामा बास बस्ने विद्यार्थीहरुका लागि भने सरकारले आवासीय सुविधामार्फत् रुपियाँ चार हजार उपलब्ध गराउँछ तर सो रकम अपूग भएको विद्यालयहरुले जनाएका छन् ।

मासिक चार हजार उपलब्ध गराएमा रु. ६६ रुपियाँ ६६ पैसा प्रतिछाक खाना पर्दछ । यसैगरी आगामी दिनमा सुधानुपर्ने विषयमा सबैको सहकार्य समन्वयमा अगाडी बढ्ने निर्णय समेत भएको अपांग पुनस्र्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?