logo
२०८१ बैशाख ७ शुक्रवार



डिजिटल लाइब्रेरी’मा निःशुल्क बालसामग्री

शिक्षा |
खुला |


डिजिटल लाइब्रेरी’मा निःशुल्क बालसामग्री



गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २६ गते । अबदेखि ‘ग्लोबल डिजिटल लाइब्रेरी’मा नेपालका विभिन्न सात भाषामा बालसामग्री निःशुल्कमा उपलब्ध भएको छ ।
डिजिटल पुस्तकालयमा अवधि, भोजपुरी, थारू, मैथली, डोटेली, नेपाल भाषा र नेपालीमा प्राथमिक तहका बालबालिकाका लागि सामग्री राखिएको छ । कथा लगायतका सामग्री यस पुस्तकालयमा उपलब्ध छ भने यसको पहुँचका लागि इन्टरनेट आवश्यक पर्दछ ।
सोमबार ग्लोबल डिजिटल लाइब्रेरीको औपचारिक थालनी गरिएको छ । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीका अनुसार भाषालाई पठनपाठनसँग जोड्नुपर्दछ भन्दै सिकाइका लागि पुस्तकालयका सामग्री उपयुक्त हुने बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?