logo
२०८१ बैशाख १३ बिहीवार



‘शिक्षाले जैविक मानवलाई सामाजिक मानव बनाउँछ’

शिक्षा |


‘शिक्षाले जैविक मानवलाई सामाजिक मानव बनाउँछ’


गोरखापत्र समाचारदाता
काठमाडौं, असोज १६ गते । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको १६औँ स्थापना दिवस मनाइएको छ । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजले सञ्चालन गरेको भृकुटीमण्डप .स्थित पुस्तकालयमा एक कार्यक्रम गरी बुधबार स्थापना दिवस मनाइएको हो ।
पुस्तकालयको स्थापनादिवसका अवसरमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले शुभकामना सन्देश पठाउनुभएको थियो । मन्त्रीको सन्देशमा शिक्षाले जैविक मानवलाई सामाजिक मानव बनाउने उल्लेख गर्दै अनौपचारिक शिक्षाको महत्वपूर्ण माध्यमको रुपमा पुस्तकालयको प्रवद्र्धनमा सबै लाग्नुपर्ने भनिएको छ । पुस्तकालयको विस्तार गरी पठन संस्कृति अभिवृद्धि गर्न सरकारले प्रयास गरिरहेको उहाँको सन्देशमा लेखिएको छ । समुदायले पनि पुस्तकालय सञ्चालन गरी पुस्तकालय संस्कृति विकास गर्न सहयोग पु¥याउनुपर्ने उहाँको भनाइ छ ।
पूर्वमन्त्री गणेश शाहले सार्वजनिक पुस्तकालयको प्रवद्र्धन र विकासको विषय सरकारको बेवास्तामापरेको बताउनुभयो । सार्वजनिक पुस्तकालयको सञ्चालक समिति सदस्य समेत रहनुभएका साहले भन्नुभयो, ‘शपिङ मल बनाउन जग्गाछ तर पुस्तकालय बनाउन ठाउँ छैन । यस विषयमा स्थानीय सरकारले ध्यान दिनु जरुरी छ ।’
पूर्वराजदूत तथा पुस्तकालयका संस्थापक सदस्य डा. दुर्गेशमान सिंहले पुस्तकालयले जग्गाको अभावमा धेरै समस्या झेल्नुपरेको बताउँदै सार्वजनिक पुस्तकालयको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।
पुस्तकालयका संस्थापक सदस्य प्रा. डा. मोहन लोहनीले गतिलो भवनन भएका कारण दाताले दिन्छु भनेका पुस्तकहरुसमेत स्वीकार गर्न नसकेको बताउनुभयो ।
पूर्वमन्त्री तथा पुस्तकालयका कार्यबाहक अध्यक्ष याङकिला शेर्पाले सरकारले पुस्तकालयको स्थापनालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । काठमााडौं उपत्यका सार्वजनिक पुस्तकालयलाई भवन बनाई व्यवस्थित गर्नका लागि जग्गा दिने आश्वासन पटकपटक प्राप्त भएपनि अहिलेसम्म जग्गाको अभावमा समस्या भइरहेको बताउनुभयो ।
समाजका अध्यक्ष नारायण खड्काले अन्तर्राष्ट्रिय सन्धी–सम्झौताको मूललिपीसमेत नेपालसँग नरहेकोबाट नेपालमा पुस्तकालयको स्थापना र सञ्चालनप्रति सरकारले चासो र चिन्ता नलिएको स्थिति चित्रण हुने भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?