logo
२०८० चैत्र १६ शुक्रवार



केयुद्वारा एमबीबीएस तथा बीडीएसको परीक्षाफल पुनः प्रकाशित

शिक्षा |


केयुद्वारा एमबीबीएस तथा बीडीएसको परीक्षाफल पुनः प्रकाशित


गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १२ गते । काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजले गत साता प्रकाशित गरेको एमबीबीएस तथा बीडीएस प्रवेश परीक्षामा प्राविधिक त्रुटि रहेको भन्दै नतिजा पुन प्रकाशित गरेको छ ।
विश्वविद्यालयले नयाँ प्रकाशित गरेको नतिजामा २५० बढी विद्यार्थीको नतिजा परिवर्तन भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा.डा. राजेन्द्र कोजुले ‘कम्युटर सिष्टममा इरर’ भएका कारण नतिजामा त्रुटि रहेको जानकारी दिनुभयो । उहाँले नतिजामा त्रुटि फेला परेपछि पुन त्रुटि सच्याएर नयाँ नतिजा निकालिएको जानकारी दिदै नतिजामा चित्त नबुझेका विद्यार्थीहरूले विश्वविद्यालयमा आई नतिजा हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
गत असोज चार गते लिइएको प्रवेश परीक्षाको नतिजा सोही दिन साझ प्रकाशित गरिएको थियो । सो नतिजामा एक हजार बढी विद्यार्थीले ‘रिटोटलिङ’ गरेपछि डीन कार्यालयले परीक्षाको नतिजा प्रति पुनः छानवीन गरेको थियो । सो क्रममा धेरै त्रुटि भेटिएपछि नतिजा पुन प्रकाशित गरिएको हो ।
डिन डा. कोजुले केही विद्यार्थीले उत्तरपुस्तिकामा अरुकै सिम्वोल नम्बर राखेको हुनाले नतिजामा त्रुटि देखिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?