logo
२०८० चैत्र १६ शुक्रवार



एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनःप्रकाशित   

शिक्षा |


एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनःप्रकाशित   



काठमाडौँ, असोज ११ गते । काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै आज पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ ।    
    
 विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको बताउनुभयो । विश्वविद्यालयले पुनःप्रकाशित नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जाएको छ ।    
    
 त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजा गत असोज ६ गते सार्वजनिक गरेका थिए । चिकित्सा शिक्षातर्फ एमबिबिएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए ।    
    
 त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले असोज ३ गते शुक्रबार र काठमाडौँ विश्वविद्यालयले असोज ४ गते शनिबार परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडाँै विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए । ती दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने गर्दछ ।    
    
 मन्त्रिपरिषद्को २०७५ असोज २८ गते बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबिएस र बिडिएसको शुल्क निर्धारण गरेको थियो । एमबिबिएसका लागि काठमाडाँै उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर रु ४२ लाख ४५ हजार र बिडिएस कार्यक्रमका लागि रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?