logo
२०८१ बैशाख ८ शनिवार



संस्कृत भाषा र पूर्वीय दर्शन कक्षा शुरु   

शिक्षा |


संस्कृत भाषा र पूर्वीय दर्शन कक्षा शुरु   



काठमाडौँ, भदौ २१ गते । पूर्वीय वाङ्मय प्रतिष्ठानको आयोजनामा आजदेखि यहाँ संस्कृत भाषा र पूर्वीय दर्शन विषयको सातौँ सत्रको कक्षा शुरु भएको छ ।

सो कक्षामा संस्कृत भाषा, देवनागरी लिपिका अक्षर र शब्द संरचना तथा पूर्वीय वाङ्मयका स्रोत, वेद, गीता, वैदिक समाज, संस्कार, मानव विकासक्रम, आत्मा, आयुर्वेद आदि विषयमा ज्ञान दिइनेछ ।    

डा लक्ष्मणप्रसाद गौतम र डा नारायण गड्तौलाले हरेक शनिबार दिने सो प्रशिक्षणमा प्राध्यापक, शिक्षक, निजामती सेवाका कर्मचारी, औषधि व्यवसायी, लेखा परीक्षक, पत्रकार, विद्यार्थी, व्यापारी, गैससकर्मी आदि गरी १७ जनाको सहभागिता छ ।

हजारौँ वर्ष लामो इतिहास बोकेको भाषाहरूको जननी मानिने संस्कृत भाषा र जीवन्त सभ्यता, अमूल्य संस्कृति र ज्ञानविज्ञानको धनी पूर्वीय वाङ्मयको पुर्नजागरण गर्ने प्रतिष्ठानको प्रयास रहेको कार्यक्रम संयोजक विवेक घिमिरेले बताउनुभयो ।

अठार –२० दिनको सो कक्षाबाट संस्कृत भाषा सामान्य बोल्न र राम्रोसँग अर्थ लगाउन सकिने उहाँको भनाइ छ ।

प्रशिक्षक डा सङ्ग्रौलाले समग्र विधाको मूल संस्कृत भाषा र पूर्वीय दर्शन नै भएको बताउँदै अहिलेको ज्ञान अनुसन्धानमा आधारित हुनुपर्ने र त्यसले सन्देह जगाउनुपर्नेमा जोड दिनुभयो ।     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?