logo
२०८१ बैशाख ७ शुक्रवार



किवानिज सिन्धुपाल्चोकद्वारा विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण

शिक्षा |


किवानिज सिन्धुपाल्चोकद्वारा विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण


सिन्धुपाल्चोक, भाद्र २० गते । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लब सिन्धुपाल्चोकले ६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

घरेलु कामदार र विपन्न वर्गका विद्यार्थीहरु अध्ययनरत बाह्रदेवी आधारभूत विद्यालका ६५ जना विद्यार्थीहरुलाई स्कुल ब्यागका साथै स्टेशनरी सामाग्री वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी तथा वडा अध्यक्ष टेकबहादुर भण्डारीले किवानिज क्लव अफ सिन्धुपाल्चोकको सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक सहदेव बस्नेतले शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर क्लवले आगामी दिनमा यस्ता कार्यक्रमलाई जिल्लाव्यापीरुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
किवानिज क्लवका अध्यक्ष सुजित बस्नेतले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न क्लव अग्रसर रहेको बताउनुभयो ।

क्लवका सस्थापक अध्यक्ष नारायण बहादुर राउत नारायणबहादुर राउतले क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे ३ का वडा अध्यक्ष टेकबहादुर भण्डारी, सचिव रामचन्द्र थापा, सदस्य अजय शर्मा, सदस्य गणेशबहादुर श्रेष्ठ, किवानिज इन्टरनेशनलका प्रतिनिधि क्यासी लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?