logo
२०८० चैत्र १६ शुक्रवार



चेतनामूलक ¥याली सम्पन्न

शिक्षा |


चेतनामूलक ¥याली सम्पन्न


गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १९ गते । महानगरीय प्रहरी वृत्त जनसेवाले १३ औं राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार विरुद्वको दिवसका असरमा विहीबार चेतनामूलक ¥याली आयोजना गरेको छ ।

नयाँ सडकबाट सुरु भएको ¥याली न्युरोड गेट , महांकाल, भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुर महादेव पार्वती डबलीमा समापन भएको थियो ।

समापन कार्यक्रममा महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी प्रमुख वासुदेव खतिवडाले मानव ओसारपसार र बेचबिखनमा वेश्याबृति सहित मानव अंगहरुको तस्करी गर्ने गिरोह सक्रिय भएको हुँदा जनचेतना अपरिहार्य रहेको बताउनुभयो ।

साथै मानव तस्करीमा लागेकाहरुले नेपाललाई केन्द्र बनाएकाले सम्बद्ध पक्ष झन् चनाखो हुनुपर्ने खाँचो औंल्याउनुभयो ।

¥यालीमा चेलीबेटी बेचबिखन मुक्त देश बनाउनुपर्ने सचेतनामूलक नारा लेखिएका प्ले कार्डसहितको जनसहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?