छात्राहरु बेहोसः ‘छाउ’हुँदा विद्यालय आएको भन्दै पूजा गर्ने तयारी
गोरखापत्र अनलाइन
फाल्गुन ११, २०७७ मंगलवार
पढ्न गएका छात्राहरु दिनदिनै बेहोस हुन थालेपछि ‘छाउ’(महिनावारी) भएको बेला विद्यालय जाने गरेको भन्दै अभिभावक र शिक्षकले क्षमा पूजा गर्ने तयारी गरेका छन् । बैतडीको दशरथ चन्द नगरपालिका–१०, रातामाटा स्थित दानेश्वर नागार्जुन माविका छात्राहरु एकपछि अर्को गर्दै दैनिक रुपमा विद्यालयमै बेहोस् हुन थालेको विद्यालयले जानकारी दिएको छ ।
छात्राहरु बेहास हुन थाले पछि फागुन १२ गतेदेखि सञ्चालन हुने परीक्षा १६ गते सम्मका लागि...