logo
२०८१ बैशाख ७ शुक्रवार



बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा दुर्घटना, १९ जना घाइते

अन्तर्राष्ट्रिय |


बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा दुर्घटना, १९ जना घाइते


टोकियो, माघ १३ गते । बाक्लो कुहिराेका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किँदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८ः०० बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो । प्रत्येक दिशामा एउटै लेन भएको उक्त एक्सप्रेसवेको एक खण्डमा किसराजु शहरको मेट्रोपोलिटन इन्टर(सिटी एक्सप्रेसवेमा दुर्घटना भएको हो ।

स्थानीय प्रहरीका अनुसार बाक्लो कुहिराेका कारण चालकहरूलाई बाटो देख्न मुस्किल परेको थियो जसले गाडीहरू एकै ठाँउ थुप्रिन पुगे र दुर्घटना हुन पुग्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?