logo
२०८१ बैशाख ८ शनिवार



पशु बीमाप्रति आकर्षण

अर्थ |


पशु बीमाप्रति आकर्षण


दैलेख समाचारदाता

दैलेख, माघ १३ गते। व्यावसायिक रूपमा बाख्रा, भैँसी र गाईपालन गरिरहेका कृषक पशु बीमाप्रति आकर्षित भएका छन्। रोगलगायतका कारणबाट हुने पशुको क्षतिको जोखिम वहन हुने भएपछि कृषक बीमाप्रति आकर्षित भएका हुन्।

अहिले दुल्लु नगरपालिकाका ४४१ र गुराँस गाउँपालिकाका ३२५ गरी कुल ७६६ पशुको बीमा गरिएको छ। गुराँस गाउँपालिका र यूएनडीपीको आर्थिक सहयोग तथा महिला सशक्तीकरण मञ्चको साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत गुराँस गाउँपालिकाको वडा नं. २, ५, ६ र ८ का १०० कृषकका ३२५ बाख्राको बीमा गरिएको हो।

यस्तै सामाजिक सेवा केन्द्र (सोसेक)द्वारा सञ्चालित परियोजनाबाट दुल्लु नगरपालिकाभित्रका ७३ जना कृषकले पालेका ३७० बाख्रा, ३७ भैँसी र ३४ गाईको बीमा गरिएको हो। बीमाबापत रकम परियोजनाले बेहोरेपछि किसानका घरमै पुगेर पशु बीमा गरिएको एभरेस्ट इन्स्योरेन्स कम्पनीका दैलेखका प्रतिनिधि जनक रेग्मीले जानकारी दिनुभयो।

महिला सशक्तीकरण मञ्चका अध्यक्ष सुनिता चन्दले व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानले बीमा गरेपछि बाख्रामा लाग्ने महामारी रोगबाट हुने क्षतिको जोखिम कम हुने बताउनुभयो। उहाँले लगानी खेर जानबाट जोगाउन बाख्रामा गरेको बीमा प्रभावकारी भएको दाबी गर्नुभयो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?