logo
२०८० चैत्र १५ बिहीवार



साउदी अरबका युवराज र थाइल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता

अन्तर्राष्ट्रिय |


साउदी अरबका युवराज र थाइल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता


रियाद, माघ १२ गते । साउदी अरबका युवराज मोहम्मद विन सल्मान विन अब्दुलाजिज अल साउद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चानबीच भेटवार्ता भएको छ ।

साउदी अरबको राजधानी रियादमा उहाँहरुका बीचमा मङ्लबार भेटवार्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भेटवार्ताका क्रममा उहाँहरुले दुई पक्षीय चासो, सरोकारका विषयमा छलफल गर्नुभएको समाचारमा जनाइएको छ ।

त्यसैगरी आपसी सम्वन्धलाई थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको बताइएको छ । साउदी अरबका युवराजको मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डका प्रधानमन्त्री रियाद आउनु भएको हो । झण्डै तीन दशकपछि पहिलो पटक थाइल्याण्डका सरकार प्रमुखले साउदी अरबको औपचारिक भ्रमण गर्नुभएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?