logo
२०८० चैत्र १५ बिहीवार



२४ घण्टामा उपत्यकामा पाँच हजार ३१५ संक्रमित थपिए

स्वास्थ्य |
समाज |


२४ घण्टामा उपत्यकामा पाँच हजार ३१५ संक्रमित थपिए


काठमाडौं, माघ ८ गते । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र पाँच हजार ३१५ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७ सय ६२, ललितपुरमा १११० र भक्तपुरमा ४४३ गरेर पाँच हजार ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा शनिबार ३७ सय ६२ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३४ हजार १५९ पुगेको छ भने २२ सय ५० जनाको मृत्यु भएको छ । काठमाडौंमा कुल संक्रमितको संख्या २ लाख ९२ हजार ७६३ पुगेको छ । जसमध्ये दुई लाख ५६ हजार ३५४ जना निको भएका छन् ।

त्यसैगरी, ललितपुर जिल्लामा संक्रमितको संख्या ५९ हजार ६७१ पुगेको छ भने ५० हजार ७३८ जना निको भएका छन् । ललितपुरमा अहिले ८ हजार २२० जना सक्रिय संक्रमित रहेका छन् भने ७१३ जनाको मृत्यु भएको छ ।

भक्तपुर जिल्लामा ३४ हजार ८६७ जनामा संक्रमण पुष्टि हुँदा २९ हजार ७८२ जना निको भएका छन् भने ४४० जनाको मृत्यु भएको छ । अहिले भक्तपुर जिल्लामा मात्र ४ हजार ६४५ जना सक्रिय संक्रमित  छन् ।

शनिबार २० हजार १८७ जनाको परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये पीसीआर परीक्षणबाट आठ हजार २१२ र एन्टीजेन परीक्षणबाट २ हजार ४२ जना छन् । २४ घण्टाको अवधिमा ७०८ जना डिस्चार्ज हुँदा १६ जनाको भने मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?