logo
२०८० चैत्र १५ बिहीवार



कर्मचारी र जनप्रतिनिधिमा सङ्क्रमण देखिएपछि नगरपालिका बन्द

खुला |


कर्मचारी र जनप्रतिनिधिमा सङ्क्रमण देखिएपछि नगरपालिका बन्द


लीलाराज खड्का (झापाली)
बिर्तामोड, माघ ८ गते । कन्काई नगरपालिका नगरप्रमुख राजेन्द्र पोखरेल, वडाअध्यक्षसहितका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा प्रवाह एक साताका लागि बन्द गरिएको छ ।

कनकाई नगरपालिकामा १५ जना कर्मचारी र मेयर पोखरेल, वडानम्बर ८ का वडाअध्यक्ष प्रेमप्रसाद कटुवाललाई कोरोना सङ्क्रमण देखिएको र १५ जनालाई सङ्क्रमण भई हाल होम आइसुलेशनमा रहेको कन्काई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउनुभयो ।

कर्मचारीलाई सङ्क्रमण भएपछि एक साताका लागि सबै कार्यालय बन्द गरिएको कन्काई नगरपालिकाका सूचना अधिकारी हरिप्रसाद मिश्रले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?