logo
२०८० चैत्र १५ बिहीवार



सङ्क्रमित कर्मचारीले दोस्रो पटक पनि कोभिड बिदा पाउने

राष्ट्रिय |


सङ्क्रमित कर्मचारीले दोस्रो पटक पनि कोभिड बिदा पाउने


काठमाडौं,माघ ५ गते । कोभिड– १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएका सरकारी तथा अर्ध सरकारी निकाय एवं कार्यालयमा कार्यरत कर्मचारीले दोहोर्याएर कोभिड बिदा लिन पाउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका आन्तरिक व्यवस्थापन शाखाका प्रमुख दशरथराम ओडले दिएको जानकारी अनुसार कोभिड पुष्टि भएर आइसोलेसन बस्नुपर्ने भए बढीमा १४ दिन र अस्पताल भर्ना हुनुपर्ने भए सो अवधिभर नै कर्मचारीले बिदा पाउने छन् । तर,त्यसको लागि कोभिड पोजेटिभ भएको रिपोर्ट कार्यालयमा अनिवार्य पेश गर्नुपर्ने हुन्छ ।

दोहोरिएर कोभिड संक्रमण भएका निजामती कर्मचारीमा पनि यो नियम लागू हुने उहाँ बताउनुहुन्छ । ‘मन्त्रिपरिषदबाट पास भएको नियमले नै बढीमा १४ दिन आइसोलेसन बस्न र अस्पताल भर्ना हुनुपर्ने भएमा सो अवधिभर नै बिदा बस्न सकिने व्यवस्था गरेको छ । यसकारण कुनै कर्मचारीलाई कोभिड पुष्टि भएमा उसले जुनसुकै बेला सो बदा बस्न सक्ने छ । तर,उसले कोभिड भएको रिपोर्ट बुझाउनुपर्नेछ,’शाखा प्रमुख ओडले भन्नुभयो । तर चाँडै पिसिआर रिपोर्ट नेगेटिभ आएमा काममा फर्कन सक्ने उहाँको भनाइ छ ।

यता गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले कोरोना संक्रमण राष्ट्रिय रुपमै सिर्जित रोग भएकाले संत्र mमित कर्मचारीले मन्त्रिपरिषद्को निर्णय अनुसार नै बिदा बस्नुपर्ने बताउनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमित भए बढीमा सात दिन आइसोलेसनमा बसे पुग्ने जनाए पनि परिमार्जित बिदाको बारेमा मन्त्रिपरिषद्ले केही निर्णय नगरेकाले पहिलेको व्यवस्था नै लागू हुने गृह मन्त्रालयका प्रवक्ता पोखरेल बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?