logo
२०८१ बैशाख १३ बिहीवार



माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

राष्ट्रिय |


माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
फाइल फाेटाे


काठमाडौं, मङ्सिर २३ गते । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहीबार मध्यान्न साढे १२ बजे राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि विहान ११ बजे बस्ने भनिएको बैठक मध्यान्न साढे १२ बजे बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय परिसडाँडा कोटेश्वरमा बस्ने उहाँले बताउनुभयो । बैठकले ११ देखि १३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिने सचेतक गुरुङले बताउनुभयो ।

यसैगरी, यही मङ्सिर २५ देखि २६ गतेसम्म माओवादी केन्द्रले प्रदेश सम्मेलन आयोजना गरेको छ । यसअघि माओवादीले वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?