logo
२०८१ बैशाख ११ मंगलवार



आत्मरक्षा सम्बन्धी सीप प्रदान

खुला |
समाज |


आत्मरक्षा सम्बन्धी सीप प्रदान
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आत्मरक्षा सम्बन्धी सीप सिकाइँदै । तस्बिर - डिलबहादुर सिंह



डिलबहादुर सिंह
सायल (डोटी), मङ्सिर २३ गते । डोटीको सायल गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा समुदायस्तरमा अन्तरक्रिया कार्यक्रमसँगैै महिलालाई आत्मरक्षा सम्बन्धी सिप समेत सिकाइएको छ ।

गाउँपालिका अन्तरगतका ६ वटै वडाहरुमा आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा लैङ्गिक हिंसा न्यूनिकरणका विषयमा स्थानीय महिलासँग छलफलका साथै महिलामाथि हुन सक्ने शारीरिक हिंसाबाट बच्ने उपायका बारेमा व्यवहारिक सीप समेत प्रदान गरिएको सायल गाउँपालिकाकी उपाध्यक्ष विष्नादेवी सिंहले बताउनुभयो ।

‘समुदायस्तरमा छाउपडी, बालविवाह, घरेलुहिंसालगायतका कारण महिलाले पीडा भोग्नुपरेको छ ’ उपाध्यक्ष सिंहले भन्नुभयो, – ‘सबै प्रकारका हिंसाको प्रतिकार गर्न सक्ने सीप पनि महिलामा हुनु आवश्यक रहेको छ ।’

महिला र किशोरीमाथि हुनसक्ने शारिरिक हिंसाबाट बच्नका लागि आत्मरक्षाका उपायहरुको बारेमा प्रदान गरिएको व्यवहारिक सीपले महिला र किशोरीहरुको आत्मरक्षामा सम्बन्धी सीप वृद्धिमा सहयोग पुग्नुका साथै आत्मबल समेत बढ्ने गरेको प्रशिक्षक सागर नागरीले बताउनुभयो ।

प्रशिक्षक नागरीले भन्नुभयो, ‘लैङ्गिक हिंसा विरुद्धको सैद्धान्तिक ज्ञानले मात्र महिला सुरक्षित हुन सक्दैनन्, महिलामाथि भइरहेका बलत्कारका घटनाहरु दिनहुँजसो बाहिर आइरहेका छन् । यस्ता घटना न्यूनिकरणका लागि पनि महिलाले आत्मरक्षा सम्बन्धी सीप सिक्नु जरुरी छ ।’

सायल गाउँपालिकका विभिन्न वडाका महिला विरुद्धको १६ दिने अभियानका क्रममा ५२० जना महिलासँग अन्तरक्रिया तथा आत्मरक्षा सम्बन्धी व्यवहारिक सीपको बारेमा जानकारी दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?