logo
२०८१ बैशाख १२ बुधवार



विदेशमा श्रम नेपालमा लगानी

अर्थ |
प्रदेश |


विदेशमा श्रम नेपालमा लगानी
विदेशमा रहेका नेपाली युवाको सामूहिक लगानीमा सञ्चालनमा ल्याइएको कृषि फारम । तस्विर - गोपी ज्ञवाली



गोपी ज्ञवाली
नवलपरासी, मङ्सिर २१ गते । देशका विभिन्न स्थानबाट रोजगारीका लागि विदेशमा गएका युवाको सामूहिक लगानीमा नवलपरासीको सुनवलमा बहुउद्देश्यीय कृषि फारम सञ्चालनमा आएको छ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका नेपाली युवाको सामूहिक लगानीमा नवलपरासीको सुनवलमा एउटा बहुउद्देश्यीय कृषि एवं पशुपालन फारम सञ्चालनमा ल्याइएको कन्सुलट एक्सन प्लान रिस्पोन्सिबुल डेभेलपमेन्ट प्रालि (काडर्स)का अध्यक्ष मोहनबहादुर कार्कीले बताउनुभएको छ ।

वैदेशिक रोजगारीका लागि अरबदेखि युरोपसम्म १२ वटा देशमा फैलिएका नेपाली युवाको सामूहिक लगानीमा पश्चिम नवलपरासीको सुनवलमा बहुउदेश्यीय कृषि तथा पशुपालन फारम सञ्चालनमा रहेको छ । कन्सुलट एक्सन प्लान रिस्पोन्सीबुल डेभेलपमेन्ट प्रालि (काडर्स)का अध्यक्ष कार्कीका अनुसार देशको विभिन्न स्थानबाट वैदेशिक रोजगारीका लागि विदेशिएका १०१ युवाको संयुक्त लगानीमा सुनवलमा तीन करोडको लागतमा भैँसी, बाख्रा, हाँँस, कुखुरा, माछा, बँदेल (क्रस बङ्गुर)लगायतका पशुपालनसहित कृषि उत्पादनसहित उद्योग स्थापना गर्ने गरी बहुउद्देश्यीय पशुपालन फारम सञ्चालन गरिएको छ ।

यस कृषि एवं पशुपालन फारममा वैदेशिक रोजगारीका लागि विदेश गएर नेपाल पर्केका ५ जना युवाले विदेशमा सिकेको अनुभव नेपालमा नै प्रयोग गरिरहेका छन भने पहिलो चरणमा १८ जनाले रोजगारी पाएका छन । पाँच बिघा क्षेत्रफलमा सञ्चालन गरिएको कृषि एवं पशुपालन फारममा विकसित प्रजातिका भैँसी, बाख्रा एवं पंक्षी पालन गरिएको छ ।

वैदेशिक रोजगारीका लागि कतार, दुबई, साउदी अरब, इजरायल, बहराइन, ओमन, कुवेत, अष्ट्रेलिया, काेरिया जापानलगायतका १२ देशमा वैदेशिक रोजगारीको काममा संलग्न रहेका नेपाली युवाले साफा कम्पनी दर्ता गरी नेपालमा नै जनशक्तिलाई रोजगारी दिने उद्देश्यका साथ पहिलो चरणमा प्रदेश नम्बर १, बागमती र लुम्बिनी प्रदेशमा एक एक वटा कृषि फारम दर्ता गरी सञ्चालनमा ल्याएको बताइएको छ ।

सात वटै प्रदेशमा कृषि एवं पशुपालनबाट शुरु गरी क्रमशः कृषि उद्योग स्थापना गरी सञ्चालन गर्ने उद्देश्यका साथ कन्सुलट एक्सन प्लान रिस्पोन्सिबुल डेभेलपमेन्ट प्रालि (काडर्स)का अध्यक्ष मोहनबहादुर कार्कीले बताउनुभएको छ । पहिलो चरणमा शुरु गरिएको कृषि एवं पशुपालनको काम सुनवलको वार्ड नम्बर ४ स्थित शुभमनगरमा काम शुरु भएको ।

सधैँ विदेशीको मुख ताक्नुभन्दा विदेशमा सिकेका सीप र कमाएको पैसाले स्वदेशमा नै रोजगारी सृजना गरी आत्मनिर्भर अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यका साथ यो संस्था स्थापना एवं सञ्चालनमा ल्याइएको छ । क्रमशः कन्सुलट एक्सन प्लान रिस्पोन्सीबुल डेभेलपमेन्ट प्रालि (काडर्स)ले कृषिपछि पर्यटन क्षेत्र, होटल एवं रेस्टोरेन्ट, बिल्डिङ एन्ड कन्सट्रक्सन हुँदै उद्योग स्थापना गर्ने गरी योजनामा काम शुरु गरेकाे अध्यक्ष कार्कीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?