logo
२०८० चैत्र १५ बिहीवार



स्पेनिस ला लिगामा बिल्बाओ र गेटाफेको बराबरी

फुटबल |
खेलकुद |


स्पेनिस ला लिगामा बिल्बाओ र गेटाफेको बराबरी


काठमाडौँ, मङ्सिर २१ गते । स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओले रेलिगेसनको दबाबमा रहेको गेटाफेसँग अंक बाँडेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडका हुन् ।

गेटाफेको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए । ५५ प्रतिशत बल पोसेसन राखेको बिल्बाओले घरेलु टोली गेटाफेको रक्षापंक्ति तोड्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । जारी लिगमा बिल्बाओको यो नवौँ बराबरी हो । बिल्बाओ सर्वाधिक बराबरी खेल्ने टोली समेत बनेको छ ।

बिल्बाओपछि भ्यालेन्सिया, मालोर्का र भिल्लारियलले सात सात बराबरी खेलेका छन् । यता ४५ प्रतिशत बल पोसेसन राख्दै १७ वटा पोस्ट प्रहार गरेको घरेलु टोलीको जित निकाल्ने योजना पनि सफल भएन । लिगमा गेटाफेको यो पाचौँ बराबरी हो । रेफ्रीविरुद्ध लगातार खनिएपछि गेटाफेका प्रशिक्षक क्वीक सान्चेज फ्लोरेसले खेलको अन्तिममा रातो कार्ड पाउनु भएको थियो ।

बराबरीसँगै १६ खेलबाट २१ अंक बनाएको बिल्बाओ नवौँ स्थानमा छ । गेटाफे रेलिगेसनको तिब्र दबाबमा छ । ११ अंक बनाएको गेटाफे १९औँ स्थानमा छ । अन्तिम तथा २०औँ स्थानमा रहेको लिभान्तेको आठ अंक छ । शीर्षस्थानमा रहेको रियल रियल म्याड्रिडको ३९ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३१ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३० अंक छ । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?