logo
२०८१ बैशाख ६ बिहीवार



प्रकाश एसियाली युथ पारा गेम्सको क्वार्टरफाइनलमा

खेलकुद |


प्रकाश एसियाली युथ पारा गेम्सको क्वार्टरफाइनलमा


काठमाडौँ, मङ्सिर १८ गते । नेपालका प्रकाश अधिकारी एसियाली युथ पारा गेम्सको ब्याडमिन्टन अन्तर्गत एसएल– ४ क्याटगोरीको पुरुष सिंगल्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । समूह ‘सी’ को आफ्नो अन्तिम लिग खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीलाई २१–२, २१–१ को सोझोको सेटमा सहजै पराजित गर्नुभयो ।

त्यसअघि उहाँले इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमसँग २१–१५, २१–९ को हार व्यहोर्नु भएको थियो । उहाँले भारतका नेहाल गुप्तालाई २१–१३, २१–१८ को सेटमा पन्छाउनुभएको थियो । क्वार्टरफाइनलमा प्रकाशले थाइल्यान्डका चिन्दानाइ निनुडोम्सक प्रतिद्वन्द्वी पाएको नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?