logo
२०८० चैत्र १६ शुक्रवार



सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

राष्ट्रिय |


सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ


दमौली, मङ्सिर १८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उहाँले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध छ भन्नुभयो ।

मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीयवासीको वेवास्ताका कारण दुलेगौडा हर्कपुर मोटरमार्गमा ढिलाई भएको आपत्ति जनाउनुभयो ।

वडाध्यक्ष रामकुमार श्रेष्ठले वडा कार्यालय भवन निर्माण भएपछि वडाबाट सहज र सरल रुपमा जनतालाई सेवा दिन सजिलो भएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?