logo
२०८० चैत्र १६ शुक्रवार



संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा अन्तर्राष्ट्रिय समुदायले अफ्रिकासँग गरेको व्यवहार बारे चासो

अन्तर्राष्ट्रिय |


संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा अन्तर्राष्ट्रिय समुदायले अफ्रिकासँग गरेको व्यवहार बारे चासो


न्यूयोर्क, मङ्सिर १६ गते । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त गर्नुभएको छ ।

‘महामारी र जलवायु सङ्कटले चिनिने यस अवधिमा आज अन्तर्राष्ट्रिय समुदायले अफ्रिकासँग कसरी व्यवहार गरिरहेको छ भन्ने बारे चासो व्यक्त गर्दै छु,’ गुटरेसले पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले थप्नुभयो 'हामीले यो अन्याय र अनैतिकताको अन्त्य गर्नुपर्छ ।'

'हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक वृद्धि र राजनीतिक सम्बन्धका सन्दर्भमा परिस्थितिहरू समान छन् भनी सुनिश्चित गर्नुपर्छ। हामी र अफ्रिकाबीच समानताको सम्बन्ध हुनुपर्छ,' उहाँले थप्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?