logo
२०८० चैत्र १५ बिहीवार



कांग्रेसको १४ औँ महाधिवेशन प्रचारप्रसार समितिले पूर्णता पायो

राजनीति |


कांग्रेसको १४ औँ महाधिवेशन प्रचारप्रसार समितिले पूर्णता पायो


काठमाडौँ, मङ्सिर ११ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनका लागि पार्टी प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित प्रचारप्रसार समितिले पूर्णता पाएको छ ।

काँग्रेसको केन्द्रीय कार्यालयद्धारा शनिबार जारी एक विज्ञप्तीमार्फत उक्त समितिमा पार्टीका केन्द्रीय कार्य समितिका सदस्य जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेक प्रताप शाह लगायत आमन्त्रित केन्द्रीय सदस्यहरु जनकराज कलौनी र दिलिप राई रहनुभएको जनाइएको छ ।

यस लगायत प्रचारप्रसार समितिमा सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजक, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष, सल्लाहकार र केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य, प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापति र काठमाडौंस्थित जिल्ला सम्पर्क समितिका सभापति सदस्यको रुपमा रहने जनाइएको छ ।

यसैगरी, प्रचारप्रसार समितिको सचिवालयका रुपमा उपत्यका स्थित पदाधिकारी र सदस्य एवं प्रेस युनियन केन्द्रीय सचिवालयका सदस्यहरु रहने विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?