logo
२०८० चैत्र १६ शुक्रवार



रुसमा कोइला खानी दुर्घटनामा परी ५२ मजदुर र छ जना उद्धारकर्मीको मृत्यु

अन्तर्राष्ट्रिय |


रुसमा कोइला खानी दुर्घटनामा परी ५२ मजदुर र छ जना उद्धारकर्मीको मृत्यु


मस्को, मङ्सिर १० गते । रुसमा कोइला खानी दुर्घटनामा परी कम्तीमा पनि ५२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार रुसको केमरोभो प्रान्तमा बिहीबार सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ६ जना उद्धारकर्मी पनि परेका छन् । मृत्यु भएका ५२ जनामध्ये ६ जना उद्धारकर्मी पनि परेका हुन् ।

यहाँका अधिकारीहरुले गएको पाँच वर्षमा यो सबैभन्दा ठूलो खानी दुर्घटना भएको जनाएका छन् । रुसी समाचार समिति तासले जनाएअनुसार सो दुर्घटनामा परेका मजदुरहरु कोही पनि जीवित नरहेको बताएको छ । सो समाचार समितिले उक्त दुर्घटना परेको थाहा भएपछि उद्धारको काम थालिएको तर पनि त्यहाँ च्यापिएर रहेकामध्ये कोही पनि जीवित नपाइएको सो समाचारमा जनाइएको छ ।

कोइला खानीमा विस्फोट भएको थियो । त्यसपछि कोइलाको कालो धुलोले खानीभित्र अँध्यारो भएर उद्धारको काम गर्न निकै कठिन भएको थियो । रुसको सो समाचार समितिले दुर्घटनाका क्रममा सो खानीमा कम्तीमा पनि २८५ जना मजदुर र कर्मचारी थिए । त्यसपछि कतिपयलाई उद्धार गरेर बाहिर निकालिएको थियो ।

यस दुर्घटनामा घाइते भएका मजदुरको उपचार जारी रहेको बताइएको छ । उनीहरुलाई खानीभित्रको कोइलाको कालो धुवाँले असर गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?