logo
२०८१ बैशाख ११ मंगलवार

ईपीएस अन्तर्गत कोरियाजान लागेका ४८ जना नेपाली श्रमिककाे विदाई (फाेटाे फिचर)

अर्थ |
फोटो फिचर |


2021-10-27-49425
तस्बिर: सुजन गुरूङ्ग


कठमाडौं, कार्तिक १० गते । करिब बीस महिनापछि ४८ जना नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि आज पहिलो चरणमा ४८ जना नेपाली श्रमिक कोरिया जाने ईपिएस अफिस नेपालले जनाएको छ । 

आज बेलुका ७ः१५ बजे कोरियन एयरलाइन्सको के ६९६ नम्बरको उडान मार्फत् ४८ जना कमिटेड नेपाली कामदारहरु कोरिया प्रस्थान गरे सँगै २१ महिनादेखिको लामो जाम खुल्ने भएको हो ।

कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीणर् गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिन्छ ।

तस्बिर: सुजन गुरूङ्ग