logo
२०८० चैत्र १५ बिहीवार



बागमती प्रदेश प्रमुखबाट मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत

प्रदेश |
राष्ट्रिय |


बागमती प्रदेश प्रमुखबाट मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत


राममणि दाहाल
हेटौँडा, कात्तिक १० गते । अल्पमतमा परेपछि राजीनामा दिनुभएका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शाक्यले राजीनामा स्वीकृत गर्नुभएको हो ।
यसअघि मुख्यमन्त्री शाक्यले प्रदेश सभाको बुधबारको बैठकमा राजीनामा घोषणा गर्दै प्रदेश प्रमुख शर्मासमक्ष राजीनामा बुझाउनुभएको थियो ।
मुख्यमन्त्री बनेको एक सातामा नै अल्पमतमा पर्नुभएकी शाक्यले दुई महिनापछि बुधबार प्रदेश सभाबाट विश्वासको मत लिन कार्यतालिका तय भएको थियो । तर मुख्यमन्त्री शाक्यले आफू संस्कारयुक्त र सहमतिको राजनीतिको पक्षमा रहेको बताउँदै प्रदेश सभाको बैठकमा राजीनामा दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?