logo
२०८१ बैशाख ८ शनिवार

  दृष्य समाचार  



बजार अनुगमनमा कडाइ गर्दै काठमाडौं महानगरपालिका

अर्थ |


बजार अनुगमनमा कडाइ गर्दै काठमाडौं महानगरपालिका


सपना थामी, दृश्यमा मनोजरत्न शाही केशब गुरुङ
काठमाडौं, कात्तिक ८ गते । महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमनसँगसँगै नियमित बजार अनुगमन गर्ने तयारी गरेको छ । महानगरपालिकाका उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक हरिप्रभा खड्गीले तिहार, म्हः पूजा लगायतका चाडपर्व पछि हप्तामा दुई पटक बजार अनुगमन गरिने बताउनुभयो ।

महानगरले दशैं यता भने नियमित अनुगमन जारी राखेको पनि उहाँले बताउनुभयो ।
‘खाद्यन्न, तेल, फलफूल, तरकारी, माछा, मासु सबैको अनुगमन प्रभावकारी बनाइएको छ । नीति, नियम नहुँदा बजार अनुगमनमा समस्या थियो । अनुगमन विभाग नै छुट्टै बनाइएको छ भने ऐन पनि बनेको अवस्था छ ।
फुटपाथ बजारले महानगरलाई अव्यवस्थित बनाएको छ । गाडारहित काठमाडौैं महानगर बनाउने योजनामा हामी छौं । लुकीछिपी खोलिएका पसलहरुबाट उपभोक्ताहरु ठगिने गरेका छन्, उनीहरुबाट कर पनि उठ्दैन । अहिले महानगरलाई बजार अनुगमन गर्न हम्य–हम्य छ ।’, खड्की बताउनुहुन्छ ।
काठमाडौं महानगरले व्यवस्थित बजार अनुगमनका लागि एउटा वडालाई नमुना बजार बनाएर सुरु गर्ने उपप्रमुख खड्कीले बताउनुभयो । महानगरले यो वर्षको प्रथम चौमासिक अन्तर्गत साउनदेखि असोज मसान्तसम्म गरेको ३० वटा व्यापारिक संस्थाहरुको अनुगमनमा दुई जनालाई कारबाही गरिएको जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?