logo
२०८० चैत्र १५ बिहीवार



हिउँदमा पानी पर्ने क्रम बढ्दै, यो वर्ष पनि बढी पर्न सक्ने

खुला |


हिउँदमा पानी पर्ने क्रम बढ्दै, यो वर्ष पनि बढी पर्न सक्ने


काठमाडौं, कात्तिक ७ गते । अक्टोवर र नोभेम्बर महिनालाई सबैभन्दा सुख्खा मौसमको समय मानिन्छ र यो समयमा पानी पर्ने क्रम पनि कम हुने मौसमविद्हरुको भनाई छ । तर पछिल्लो समयको तथ्याङ्क हेर्दा यो सुख्खा समयमा पानी पर्ने क्रम वार्षिक रुपमा बड्दै गएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अक्टोवर र नोभेम्बर महिनामा सरदरमा ७४ मिलिमिटर पानी पर्नु पर्ने हुन्छ यो ३० वर्षको अन्तराललाई विश्लेषण गरेर बनाइएको औसत बर्षाको दर भएको जल तथा मौसम विज्ञान विभाग मौसम विश्लेषण शाखाकी प्रमुख इन्दिरा कँडेलले बताउनुभयो । तर नोभेम्बर शुरुनै नहुँदा अर्थात अक्टोवरको २३ तारिखसम्ममै २५६.६ मिलिमिटर पानी परी सकेको छ । यो ३४७.६ प्रतिशत हो ।

यसरी सुख्खा मौसममा आकस्मिक रुपमा भीषण पानी पर्नु जलवायू परिर्वतनको असर भएको कँडेलले बताउनुभयो । शाखाको तथ्याङक अनुसार सुख्खा समयमा पानी पर्ने क्रम झन् बड्दै गएको छ । सन् २००९ को अक्टोवर ७ तारिखमा एकै दिन ४०४ मिलिमिटर पानी परेको तथ्याङ्क छ । त्यसपछि १२ वर्षको अन्तरालमा यो साता ठूलो पानी परेको कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २००९ अक्टोवर ७ तारिखका दिन बझाङको थलरामा एकै दिन ४०४ मिलिमिटर पानी परेको थियो भने सोही दिन कास्कीमा ३८० मिलिमिटर परेको थियो ।
शाखाको सन् १९५१ देखिको तथ्याङक अनुसार हिउँद अर्थात सुख्खा मौसममा हालसम्म ३० पटक धेरै पानी परेको पाइएको छ यी मध्ये, सन् १९५१ अक्टोवर ३० मा सिन्धुपाल्चोकमा २२९ मिलिमिटर, सन् १९६३ अक्टुवर ३ तारिखका दिन भोजपुरमा २५० मिलिमिटर, सन् १९७९ अक्टुवर ५ मा संखुवासभाको नुममा २५० मिलिमिटर, सन् १९९८ अक्टुवर २९ तारिखमा कास्कीमा ३१५ मिलिमिटर, सन् १९७३ अक्टुवर १३ मा लम्जुङमा २५९ मिलिमिटर, सन् २००५ अक्टुवर २० मा पाल्पामा २५१ मिलिमिटर, सन् २००१ अक्टुवर २७ मा कपिलबस्तुमा २२८ मिलिमिटर, सन् २००५ अक्टोवर २० मा दाङमा २४५ मिलिमिटर, २००७ मा सन् २००९ अक्टोवर ७ मा बझाङमा ४०४ मिलिमिटर, २०१२ अक्टुवर ४ मा संखुवासभाको चेपुवामा ३३६ मिलिमिटर पानी परेको थियो । यो तथ्याङ्कलाई हेर्दा सुख्खा र हिउँद समयमा पानी पर्ने क्रम झन् बड्दै गएको पाइएको छ । विभागले ७० वर्षको अन्तरालको तथ्याङक संकलन गरी विष्लेषण गर्दै आएको जनाएको छ ।

वेमौसमी वर्षा र हिउँदमा बढी पानी पर्ने कारणले गर्दा वालीनालीमा क्षति पुग्नुका साथै धेरै मानिसले अकालमै मृत्यु समेत हुने गरेको छ । जलवायू परिर्वतनको असरले यसरी सुख्खा मौसममा पानी पर्ने क्रम बड्दै गए पछि सरकारले यसका लागि नयाँ नीतिगत निर्णय गर्नु पर्ने आमजनताले पनि मौसम सम्बन्धि सम्वेदनशिलता बढी ख्याल गर्नु पर्ने मौसम पुर्वनुमान महाशाखाका वरिष्ठमौसमविद् बरुण पौडेलले सुझाव दिनुभयो । यस वर्ष जनवरी देखि हालसम्म १२५ प्रतिशत पानी परेको तथ्याङक छ ।

यसरी सुख्खा समयमा पानी पर्ने क्रम नौलो नभएको तर झ्न बड्दो क्रममा रहेकाले राज्यले नीतिगत रुपमा सुधार र योजना ल्याउनु पर्ने, सुरक्षा र पूर्वतयारीका पद्धतिहरु अपनाउनु पर्ने घटनापछि हुने रेस्क्यूमा बढी रकम खर्चनु भन्दा पूर्वतयारी र जनचेतना फैलाउनुमा प्राथमिकता दिनु पर्ने मौसमविद्हरुको सुझाव छ । पछिल्लो समयमा मौसममा भएको परिर्वतनसँगै आम नागरिकले मौसम सम्बन्धी पनि सम्वेदनहील भएर हुनु पर्ने अवस्था आएको मौसमविद् पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?