logo
२०८० चैत्र १६ शुक्रवार



बैङ्कहरुले ब्याजदर बढाए, कुनमा कति ब्याजदर ?

अर्थ |


बैङ्कहरुले ब्याजदर बढाए, कुनमा कति ब्याजदर ?


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २ गते । आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसँग बैङ्कहरूले धमाधम बचत तथा मुद्दतीको ब्याजदर बढाउन थालेका छन् । सोमबार बैङ्कहरूले सार्वजनिक गरेका सूचनाका आधारमा बैङ्कहरूले मुद्दतीको ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म
पु¥याएका छन् । बैङ्कहरूमा तरलताको अभाव हुन थालेपछि भएको बचतलाई आफ्नैमा राख्न र अन्य बैङ्कको बचत पनि आफ्नोतर्फ तान्न ब्याजदर बढाएका हुन् ।

हिमालयन बैङ्कले मुद्दतीको ब्याजदर बढाएर सबैभन्दा बढी ११.६७ प्रतिशतसम्म पु¥याएको छ । त्यस्तै, एनआईसी एसिया बैङ्कले ११.१ प्रतिशत, नेपाल बङ्गलादेश बैङ्कले १०.२८ प्रतिशत माछापुच्छ«े बैङ्कले ९.८५ प्रतिशत, कुमारी बैङ्कले १०.३१ प्रतिशत, सिभिल बैङ्कले १०.६१ प्रतिशत, एनसीसी बैङ्कले १०.५५ प्रतिशतसम्मको ब्याजदर तोकेका छन् ।

त्यस्तै, बैङ्कहरूले बचत खाताका लागि पनि चारदेखि ७.५ प्रतिशतसम्मको ब्याजदर घोषणा गरेको सूचना प्रकाशित गरेका छन् । बचतमा ब्याजदर बढेसँगै बैङ्कहरूले प्रवाह गर्ने ऋणको पनि ब्याजदर बढ्ने गर्छ । बैङ्कहरूले प्रवाह गर्ने आवास कर्जा, हायर पर्चेज, सवारी साधनकर्जा, शैक्षिक कर्जालगायतमा पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
अघिल्लो त्रैमासमा सात प्रतिशतसम्म झरेका यस्ता कर्जा बैङ्कहरूले बढाएर करिब १३.८९ प्रतिशतसम्म पु¥याएका छन् ।

असर पुँजी बजारमा
दशैँपछिको दोस्रो कारोबार दिनमा सेयर बजारको कारोबार ह्वात्तै घटेको छ । सोमबार नेप्से परिसूचक ६९.५१ अङ्कले घट्दा २५८७.४५ को बिन्दुमा सीमित भएको छ ।
असोजको क्लोजिङसँगै बैङ्कहरूले धमाधम ब्याजदर बढाएको सूचना जारी गरेपछि सेयर बजारमा दबाब परेको बजार विश्लेषकहरूले भनाइ छ । सोमबार २१८ कम्पनीका ८७ लाख ७६ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा कुल दुई अर्ब ९६ करोड ६८ लाख ९९ हजार रुपियाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहबाहेक सबै समूहको परिसूचक घटेर बजार बन्द भएको छ । व्यापार समूहको परिसूचक १८.९४ अङ्कले बढेको हो ।

सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ४२७.०७ अङ्कले घटेको छ भने जीवन बीमा समूहको परिसूचक ३५८.०१ अङ्कले घटेको छ । विकास बैङ्क समूह १६६.९५ अङ्कले, जलविद्युत् समूह १०२.४२ अङ्कले, बैङ्किङ समूह ३८.१३ अङ्कले ओरालो लागेका छन् ।
कारोबारको आधारमा नबिल बैङ्क अग्रस्थानमा छ । उक्त बैङ्कको नौ करोड ८९ लाख ९८ हजार ५१८ रुपियाँको कारोबार हुँदा अन्तिम सेयर मूल्य एक हजार ४६८ रुपियाँ कायम भएको छ । सानिमा बैङ्कको पनि नौ करोड ८१ लाख ७४ हजार रुपियाँभन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४९९ रुपियाँ कायम भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, नेपाल बैङ्क रहेका छन् ।

कारोबारबाट अधिक आम्दानी गर्ने कम्पनीमा ११ प्रतिशत एनआईसी एसिया डिवेञ्चर, महालक्ष्मी विकास बैङ्क, एनआईसी एसिया सेलेक्ट फन्ड ३० रहेका छन् । त्यस्तै घालेम्दी हाइड्रो पावरका लगानीकर्ताले १० प्रतिशतसम्म गुमाएका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?