logo
२०८० चैत्र १५ बिहीवार



सल्यानमा वस दुर्घटना हुँदा १३ जना घाइते

खुला |
प्रदेश |


सल्यानमा वस दुर्घटना हुँदा १३ जना घाइते


प्रतीक शर्मा
सल्यान, असोज ३० गते । सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सल्यानको सदरमुकाम खलंगा–श्रीनगर हुँदै झिम्पेलैसेका लागि हिडेको ना ७ख७१८९ नम्वरको वस झिम्पे दारिमजिउलामा शनिबार दुर्घटना भएको हो ।

बसमा सवार २१ यात्रुमध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेलाई उपचारका लागि सल्यान श्रीनगरमा रहेको नीजि तथा सामुदायिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले वताउनुभयो ।

उहाँकाअनुसार घाइतेलाई थप उपचारका लागि अस्पताल पठाइएको भए पनि घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो । वस सडकभन्दा अन्दाजी २५ मिटर तल खेतमा खसेको छ । दुर्घटना कसरी भयो भन्ने अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?