logo
२०८० चैत्र १६ शुक्रवार



प्रा.श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

मुख्य समाचार |


प्रा.श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


काठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ‘ट्विटर’मार्फत प्रा। श्रेष्ठको निधनको खबरले आफू अत्यन्तै मर्माहित भएको बताउनुभएको हो ।

साथै प्रधानमन्त्रीले यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?