logo
२०८० चैत्र १५ बिहीवार



स्याङ्जामा जीप दुर्घटनाः पाँच जना घाईते, दुुईको अवस्था गम्भीर

खुला |
प्रदेश |


स्याङ्जामा जीप दुर्घटनाः पाँच जना घाईते, दुुईको अवस्था गम्भीर


वालिङ समाचारदाता
वालिङ, असोज ३० गते । स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । त्यसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिवार सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका २ जिरो किलोमिटर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक अर्जुन बिकले जानकारी दिनुभयो ।

उहाँकाअनुसार जीपमा छ जना सवार भएकोमा दुुईको अवस्था गम्भिर छ । तीन जना घाइते भएका छन् । एक जनाको अवस्था सामान्य रहेको विकले बताउनुभयो । घाईतेहरुको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप सडकदेखि १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?