logo
२०८० चैत्र १६ शुक्रवार



आर्थिक वृद्धि ३.९ प्रतिशतको रहने

अर्थ |


आर्थिक वृद्धि ३.९ प्रतिशतको रहने


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २२ गते । चालू आर्थिक वर्षमा २०७८/७९ मा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । दक्षिण एसियाली ‘इकोनोमिक फोकस’ बिहीबार सार्वजनिक गर्दै बैङ्कले अघिल्लो आवको तुलनामा नेपालको वृद्धिदर १.८ प्रतिशतले बढ्ने अनुमान गरेको हो ।
खोप अभियानले गति लिएको तथा पर्यटन र वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा आएको सुधारले वृद्धिदरलाई सहयोग पु-याउने बैङ्कले जनाएको छ । यद्यपि सन् २०२२ मा नेपालले हासिल गर्ने वृद्धिदर कोभिड–१९ पूर्वको भन्दा तल नै रहने बैङ्कले उल्लेख गरेको छ ।
यसअघि एसियाली विकास बैङ्कले चालू आवमा नेपालले ४.१ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । सरकारले भने चालू आवमा ६.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
दक्षिण एसियाली मुलुकको औसत वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण रहेको छ । जसमध्ये माल्दिभ्सले सबैभन्दा धेरै ११ प्रतिशतको वृद्धिदर हासिल गर्ने बैङ्कको अनुमान छ । त्यस्तै भारतको ७.५, बङ्गलादेशको ६.४, भुटानको ३.६, पाकिस्तानको ३.४ र श्रीलङ्काको सबैभन्दा कम २.१ प्रतिशत रहने विश्व बैङ्कले गरेको छ ।
विश्वव्यापी रूपमै आएको अर्थतन्त्र सुधारको लहर दक्षिण एसियामा समेत देखिएको बैङ्कले देखाएको छ तर अर्थतन्त्रमा आएको सुधार कमजोर रहेको र कतिपय देश कोभिड–१९ पूर्वको प्रवृत्तिभन्दा टाढा रहेको बैङ्कले जनाएको छ ।
नेपालको अर्थतन्त्रको सुधार निरन्तर आर्थिक गतिविधि तथा खोप कार्यक्रममै निर्भर रहने पनि बैङ्कको निष्कर्ष छ । कोभिड महामारीले देशहरूलाई सङ्कटबाट सुधारतर्फ जाने तरिकाबारे योजना बनाउन अवसर प्रदान गरेको विश्व बैङ्कका नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जेर्भोसले बताउनुभयो ।
नेपालले हालै मात्र निजी क्षेत्रसमेतको सहभागितामा हरित तथा समावेशी विकासका लागि काठमाडौँ घोषणापत्र जारी गरेको र यसले साना तथा मझौला व्यवसायमा हरित लगानी भिœयाउन र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?