logo
२०८१ बैशाख ८ शनिवार



समन्वयबिनाका सुपथ मूल्य पसल

अर्थ |


समन्वयबिनाका सुपथ मूल्य पसल


नवराज कट्टेल

विराटनगर, असोज ९ गते । सरकारले चाडपर्वलाई लक्ष्य गरेर विराटनगरमा सञ्चालनमा ल्याएका सुपथ मूल्यका पसल चाहार्दा–चाहार्दै उपभोक्ताको दिन बित्ने भएको छ । तीन ठाउँबाट सहुलियत दरमा पाइने भनिएको नुन, चिनी, चामल, दाल, घिउ, दही खरिद गर्ने एकीकृत पसल सञ्चालन नहुँदा उपभोक्ताले सरकारी सुपथ मूल्यका पसलबाट लाभ लिन नसक्ने भएका हुन् ।
सहुलियत दरमा खाद्यान्न तथा खाद्य वस्तु बिक्री गर्न तोकिएका तीन निकायले विराटनगरमा आफ्नै कार्यालय परिसरबाट सामग्री बिक्री गर्छन् तर बिक्री केन्द्रमा सहुलियत दरका सामग्री खरिद गर्न भने उपभोक्ताका लागि सहज छैन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले कोसी प्रोजेक्टबाट तीन प्रकारका चामल र दाल बिक्री गर्नेगरी केन्द्र स्थापना गरेको छ । कोसी प्रोजेक्टमा चामल किन्न गएका सेवाग्राहीले साल्ट ट्रेडिङ कर्पोरेसनको विराटनगर कार्यालय मलाया रोडमा आएर नुन र चिनी खरिद गर्नुपर्ने हुन्छ । त्यसमा पनि साल्ट ट्रेडिङसँग चिनी अभाव रहेको कार्यालयका प्रमुख राधेश्याम चौधरी बताउनुहुन्छ ।
चामल–दाल, नुन–चिनी खरिद गरेका उपभोक्ताले घिउ–दही किन्न विराटनगर–४ को दूधफारम पुग्नुपर्छ । कोसी प्रोजेक्टदेखि साल्ट ट्रेडिङको दूरी एक किलोमिटरमा पर्दछ भने साल्ट ट्रेडिङदेखि दूध दूधफारमको दूरी सात किलोमिटर छ । आफ्नै सवारी हुँदा उपभोक्तालाई एक पसलदेखि अर्को स्थानमा पुग्न १५ मिनेट लाग्छ ।
उपभोक्ताले यी सुपथ मूल्यका पसलमा पुगेर सहुलियतका सामान किन्नुभन्दा अन्य बजारमै किन्न सस्तो पर्ने र सहज पनि हुने विराटनगर–१० का सेवाग्राही लब घिमिरे बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?