logo
२०८० चैत्र १५ बिहीवार



सशस्त्र प्रहरीका ११ जना डीआइजीको सरुवा

खुला |


सशस्त्र प्रहरीका ११ जना डीआइजीको सरुवा


काठमाडौं, असोज ८ गते । गृह मन्त्रालयले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको छ । गृहले बिहीबार डिआइजीको काज सरुवा निकालेको हो ।
सरुवा अनुसार डिआइजी मन्दीप श्रेष्ठलाई गढिमाई बाहिनी हेटौँडाबाट सशस्त्र प्रहरी मुख्यालय सरुवा गरिएको छ । हेटौँडामा किशोर प्रधानलाई पठाइएको छ । यसैगरी बराह बाहिनी सुनसरीमा कमल गिरीलाई सरुवा गरिएको छ भने त्यहाँका बाहिनीपति वंशीराज दाहाललाई पशुपति बाहिनी काठमाडौं ल्याइएको छ ।
त्यस्तै डिआइजी कुलबहादुर नेम्वाङलाई प्रधान कार्यालय मानवस्रोत विभागबाट विन्ध्यावासिनी बाहिनी रुपन्देही सरुवा गरिएको छ । डिआइजी राज अर्याललाई पशुपतिनाथ बाहिनीबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?