logo
२०८१ बैशाख ११ मंगलवार



स्याउ ढुवानी अनुदानले बाजुराका कृषक हर्षित्

अर्थ |
प्रदेश |


स्याउ ढुवानी अनुदानले बाजुराका कृषक हर्षित्


शेरबहादुर सार्की
बाजुरा, असोज ७ गते । स्याउ पाक्यो बिक्री गर्न कहाँ लैजाउँ भन्ने सधै चिन्तामा परेका बाजुराका स्याउँ कृषकको यो वर्ष भने चिन्ता हट्ने भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले कृषकको स्याउ बिक्री गर्ने समस्याको समाधान गर्ने उद्देश्यले स्याउ ढुवानीमा अनुदानमा सहयोग गर्न थालेपछि याहाँका किसान हर्षित भएका हुन् ।

स्याउ बारीमै कुहिएर जाने, केही स्याउ आफन्तलाई दिएर सिध्याउने वा आफूले खाने र बाँकी रहेका स्याउबाट थोरै आम्दानी गथ्र्यौं, यो वर्ष कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान गरिदिएपछि सहज भएको किसानहरुले बताएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकादेखि पिलिचौर, जगन्नाथ गाउँपालिकाको स्याउवारीदेखि पिलिचौर जुड्डी र बूढीनन्दा नगरपालिकाको पाण्डुसैनदेखि मार्तडीसम्म स्याउ ठुवानीका लागि यो वर्ष अनुदानको व्यवास्था गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

स्याउबारीबाट सडकसम्म ढुवानी गर्नेगरी यो वर्ष पनि किसानलाई चार लाख बयालिस हजार पाँचसय रुपियाँ अनुदान गरेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतीले बताउनुभयो । स्याउ बारीबाट झण्डै सात कोषसम्म ढुवानी गर्न प्रति के.जी.को १६.२४ रुपियाँका दरले अनुदानको व्यवस्था गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख सिजापतीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?