logo
२०८० चैत्र १५ बिहीवार



सुनको मूल्य पाँच सयले घट्यो

अर्थ |


सुनको मूल्य पाँच सयले घट्यो


काठमाडौं, असोज ७ गते । नेपाली बजारमा आज सुनको मूल्य रु. पाँच सयले घटेको छ । बुधबार रु. ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु. ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बुधबार प्रतितोला रु. ८९ हजार ६५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला रु. १० ले घटेको छ । चाँदी बुधबार प्रतितोला रु. एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु. एक हजार १५५ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?