logo
२०८० चैत्र १६ शुक्रवार



यमनमा भएको हवाई कारबाहीमा बाह्र हुथी विद्रोहीको मृत्यु

अन्तर्राष्ट्रिय |


यमनमा भएको हवाई कारबाहीमा बाह्र हुथी विद्रोहीको मृत्यु
तस्विर-फाइल


साना, असोज ६ गते । केही दिनयता देखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मङ्गलबार पनि गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरु मारिएके बताइएको छ । सो सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा कारबाही गरेको थियो ।

सो सेनाले हुथी विद्रोहीहरु रहेका स्थानहरुको पहिचान गरी उक्त मारिब प्रान्तमा गरेको हवाई कारबाहीमा परी मङ्गलबार १२ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सो क्षेत्रमा हुथीहरुका कार्यालय रहेका स्थानाहरुलाई पनि सेनाले ध्वस्त बनाएको बताइएको छ ।

सोमबार मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको बताइएको थियो । यमन सरकारको सेनाले मङ्गलबार दिएको जानकारीअनुसार उक्त प्रान्तमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।

उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ पनि बताइएको समाचारमा उल्लेख गरिएको छ । पछिल्लो समयमा मारिबमा हुथी विद्रोहीहरुले अखडा जमाउन थालेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?