logo
२०८० चैत्र १६ शुक्रवार



सुडानमा सत्ता हत्याउने प्रयासको महासचिव गुटर्रेसद्धारा निन्दा

अन्तर्राष्ट्रिय |


सुडानमा सत्ता हत्याउने प्रयासको महासचिव गुटर्रेसद्धारा निन्दा


संयुक्त राष्ट्रसङ्घ, असोज ६ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गर्नुभएको छ । उहाँले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कू को प्रयास नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकोले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक सङ्क्रमणकालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धताहरुमा इमानदार रहन यहाँका सबै राजनीतिक पार्टीलाई आग्रह गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?