logo
२०८१ बैशाख १२ बुधवार



दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी

अर्थ |


दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी


 

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ५ गते । कोरोना महामारीका कारण भएको निषेधज्ञाका कारण नजिकिएको पर्व दशैँ र तिहारमा आवश्कता अनुसार पर्याप्त फूलको व्यवस्थापन गर्न सक्ने अवस्थामा नभएको व्यवसायीहरुले बताएका छन् । निषेधज्ञाले फूल (पुष्प) व्यवसायीहरु मर्कामा परेकाले उत्पादनमा कमी हुने भएकाले पर्याप्त मागलाई पूर्ति गर्ने अवस्था नभएको फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । बजार अभाव र मजदुर समस्याका कारण २५ प्रतिशत उत्पादनमा कमी आउने भएकाले फूलको माग पूरा गर्न सक्ने अवस्थामा हामी छैनौँ, उहाँले बताउनुभयो । व्यवसायीहरुले सरकारसँग बीमाको व्यवस्था र नीति नियमलाई प्रभावकारी बनाएर व्यवसायलाई सुरक्षित बनाउन माग गरिदिन माग गरे पनि सुनुवाई नभएको काभ्रेका फूल व्यवसायी भोजराज तिमल्सिना बताउनुहुन्छ । कोरोना महामारीका कारण उत्पादित फूल खेर गएको र व्यवस्थित बजार नहुँदा व्यवसायीहरुले मर्का खेप्नु परेको उहाँको भनाइ छ । तर अन्य व्यवसाय भन्दा चाँडै पुष्प व्यवसाय पूरानै लयमा फर्किने व्यवसायीहरुले बताएका छन् । फूल उत्पादनको लागि नेपालको माटो उपयुक्त भएकाले पुष्प व्यवसायबाट आम्दानी गर्न सकिने भएकाले सरकारले व्यवसायीहरुलाई प्रविधिक सीपका तालिमहरु समेत दिन व्यवसायीहरुको माग छ । बढी जसो दशैँ र तिहारमा सयपत्री र मखमली फूलको बढी माग हुने गरेको छ । फूल व्यवसायमा करिव ४० हजार परिवार संलग्न रहेको फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ । कृषि विभागका अनुसार २० प्रतिशत फूल अझै भारतबाट आयात हुँदै आएको र करिब तीन करोड रुपैयाँ बराबरको पुष्पजन्य वस्तु विदेशबाट निर्यात हुने गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?