logo
२०८० चैत्र १५ बिहीवार



संसद चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको हो : मन्त्री कार्की

राष्ट्रिय |


संसद चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको हो : मन्त्री कार्की


काठमाडौं, असोज ४ गते । सरकारका प्रवक्ता एवम् तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद प्रभावकारीरुपले चलाउने कर्तव्य सरकार र विपक्ष दुवैको भएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा संसदको बैठक पश्चात् सञ्चार माध्यमहरुसँग प्रतिक्रिया दिनुहुँदै मन्त्री कार्कीले संसद सुचारुरुपले चल्नुपर्ने बताउनुहुँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद गर्नु सरकारको कर्तव्य भएको बताउनुभएको हो । उहाँले प्रतिपक्षीसँग अझै संवाद गर्ने पनि बताउनुभयो ।

'आजको संसद सुचारुरुपले सञ्चालन हुनेमा आशावादी थिएँ तर, त्यसो भएन । अुनभवि प्रतिपक्षीबाट त्यसै किसिमको भूमिकाको अपेक्षा गरेका छौं । संसदमा विधेयकहरु रोक्ने काम आफैँमा अनौठो छ ।' मन्त्री कार्की बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?